Invitation of TOR for Video Documentary Preparation

आर्थिक प्रस्ताव पेश गर्नेबारेको सूचना

(पहिलोपटक प्रकाशित मिति २०८०-८-०४)

नामसालिङ सामुदायिक विकास केन्द्र इलामले दोलखा जिल्लाको कालिन्चोक गाउपालिकामा स्थानीय साझेदार संस्था मार्फत २०२१ देखि २०२५ सम्म एकिकृत सामुदायिक विकास परियोजना संचालन गरिरहेको छ । यसै सन्दर्भमा दोलखा परियोजनाको गतिविधि झल्कने संक्षिप्त भिडियो सामाग्री तयार गर्नुपर्ने भएकोले ईच्छुक ब्यक्ति, फर्म, मिडिया हाउस एंव परामर्शदाताले निम्न कागजात सहित ७ दिन भित्र आर्थिक प्रस्ताव सोझै कार्यालयमा वा इमेल मार्फत पेस गर्नुहुन यो सूचना प्रकाशन गरिएको छ ।

भिडियो तयारीको लागि TOR  तथा आर्थिक प्रस्तावको ढांचा केन्द्रको मुख्य कार्यालय, धोविधारा इलाम तथा परियोजना कार्यालय पुरानो बानेश्वर काठमाडौबाट कार्यालय समयभित्र सोझै वा इमेलबाट समेत माग गर्न सकिनेछ ।

आर्थिक प्रस्ताव साथ पेस गर्नुपर्ने कागजातहरू

१. फर्म दर्ता प्रमाणपत्रको कपी

२. मु.अ.क. वा प्यान दर्ता प्रमाणपत्रको कपी

३. आ. व. २०७९-०८० को करचुक्ता प्रमाणपत्र कपी

सम्पर्क:

१. नामसालिङ सामुदायिक विकास केन्द्र, इलाम नपा ८, धोविधारा ०२७-५२०४११

२. नामसालिङ सामुदायिक विकास केन्द्र, पुरानो बानेश्वर, काठमाडौ, ९८६१४४४८५१

Email: ncdcilam@ntc.net.np

Leave a Comment

Your email address will not be published. Required fields are marked *