सात सय घरधुरिलाइ सौर्य उर्जा

सात सय घरधुरिलाइ सौर्य उर्जा

श्यामप्रसाद खतिवडा,

दोलखा। भुकम्पले क्षतविक्षत भएको दोलखाको कालिञ्चोक गाविसका सातसय घरपरिवारले सौर्य उर्जा (सोलार सिस्टम) पाएपछि हर्षित भएका छन् । कटेरोमा बास वस्दा वालवालिकाको पढाइमा ठुलो असर परिरहेको वेला सौर्य उर्जा पाएपछि यतिवेला कालिञ्चोकका वालवालिकालाई पनि रातिको समयमा पढ्न धेरै सहज भएको स्थानीय वासिन्दाहरुको बताउछन् ।
दोलखा सदरमुकाम चरिकोटवाट सुदुर उत्तर तर्फ पर्ने कालिञ्चोकमा अधिकांश सिमान्कृत थामी समुदायको मात्र वसोवास रहेको छ । बैशाख २९ को भुकम्पले सवैको घर भत्काइदिएपछि यसो जेनतेन गरी सामान्य कटेरोमा वसिरहेका  यहाँका मानिसहरु अहिले सौर्य उर्जा पाएपछि निकै खुसि देखिन्छन् । कालिञ्चोक २ का कर्ण वहादुर थामी भन्छन्, घर त लड्यो अव कटेरोमा नै भएपनि यति आनन्द र उज्यालोमा वस्न पाइन्छ भनेर कल्पना गरेका थिएनौँ । भक्कानिदै थामीले भने १२ गते नै २ जना नानी गयो हामीलाई पनि वाँच्ने आशा थिएन । ‘जसोतसो वाँचियो राम रमाइलो देख्न लेखेको रहेछ’ कर्ण वहादुर थामी प्रतिनिधि पात्र मात्र हुन् ।
उनीभन्दा धेरै दुख सहेर वसेका यहाँका थामी समुदायका त्यो भन्दा दर्दनाक कथाहरु छन् । कालिञ्चोक ३ कि आइतमाया थामी अहिले चौरासी वर्ष भइन् । जीवनमा उनले कहिल्यै विद्युतिय उज्यालो महसुस गर्न पाएकी थिइनन् । उनी भन्छिन् “यति ठुलो विपतवाट वाँचियो अहिले राति पनि दिँउसो जस्तै उज्यालो हुन्छ । कालले विर्से पनि जिन्दगीको यो अवस्थामा भने सारै रमाइलो भएको छ” । आइतमायाका दुई छोरा सहित अहिले उन्नाइस जनाको परिवार छ । भुकम्प गएको केहि समय  पछि कालिञ्चोक लाई कार्यक्षेत्र बनाउदै इलामको एक गैरसरकारी संस्था नाम्सालीङ सामुदायीक विकास केन्द्रले गाविसका ७ सय परिवारलाई ४ वटा चिम वल्ने सौर्य उर्जा सोलार वितरण गरेको थियो  ।
नामसालिङ्गले सौर्य उर्जा मात्र नभएर कालिञ्चोकमा एकिकृत सामुदायिक विकासको कार्यक्रम सञ्चालन गरिरहेको कार्यक्रम व्यवस्थापक चोप वहादुर क्षेत्रीले बताएका छन् । दोलखाका अन्य ४७ गाँउ विकास समितिको तुलनामा कालिञ्चोक गाविस विकासका दृष्टिले पनि धेरै पछि देखिन्छ । यहाँका दम्पत्तिको सात भन्दा कम सन्तान नभएको एक सामाजिक कार्यकर्ताले वताए । लामो समयदेखि अन्य गैरसरकारी संस्थाहरुले कालिञ्चोकमा काम गरेपनि स्वाभिमानी वनाउन लागिनपरेको राप्रपा दोलखाका जिल्ला नेता कृष्ण पाख्रिनको भनाइ छ । पाख्रिन भन्छन् “धेरै एनजिओ आइएनजिओ आँउछन् कागज वनाउछन हिड्छन् तर नामसालिङ्गले त्यसको विपरित गाँउमा नै कार्यालय स्थापना गरेर स्थानीयलाई सेवा गरिरहेको छ” । यसमा हामी खुसि छौँ ।
 खानी विज्ञ तथा नामसालिङ्गका कार्यक्रम संयोजक सुवोध निरौलाले भने सरकारले सहयोग गर्ने हो भने कालिञ्चोकलाई नमुना एकिकृत वस्ती विस्तार गरी दोलखाका नमुना गाविस वनाउन सकिने बताउछन् । निरौला भन्छन् हामीले कालिञ्चोकको भौगर्भिक अध्ययन समेत गरिसक्यौँ । यहाँ धेरै खानी तथा उद्योगहरुको सम्भावना छ । सरकारी तवरवाट पहल कदमी हुने हो भने जनताको आयआर्जनको गतिलो स्रोत वनाउन सकिन्छ । नामसालिङ्गले छिटै कालिञ्चोकलाई नमुना वनाउन पञ्चबर्षिय दिगो बिकास योजना समेत बनाइसकेको कार्यकारी निर्देसक हिराकाजी घलेले बताए । घलेका अनुसार दातृनिकायका तर्फबाट नर्बे विकास कोषका नेपाल प्रतिनिधीले समेत अनुगमन  गरिसकेकोले अब थप योजनाका साथ अघि बढाइने छ ।