नामसालिङ सामुदायिक विकास केन्द्रकाे जिल्ला समन्वय बैठक सम्पन्न

नामसालिङ सामुदायिक विकास केन्द्रकाे जिल्ला समन्वय बैठक सम्पन्न

संजीत श्रेष्ठ

१५ भाद्र २०७३, दोलखा- भूकम्प पछि दोलखाको उत्तरी गाँउ कालिञ्चोकमा राहत पुननिर्माण र पुनस्थापनाको क्षेत्रमा काम गरिरहेको नामसालिङ सामुदायिक विकास केन्द्र , शाखा दोलखाले आज सदरमुकाम चरिकोटमा आफ्नो गतिविधि सम्वन्धि जिल्ला स्तरीय बैठक सम्पन्न गरेको छ ।

n2

जिल्ला विकास समिति, दोलखाका सामाजिक विकास अधिकृत नारायण प्रशाद सेढाँईको अध्यक्षता भएको बैठकमा नेपाली काँग्रेसका नेता सन्तोष पाठक , नेकपा एमालेका प्रतिनिधि विन कुमार थामी , माओवादी केन्द्रका ईश्वर थापा , राप्रपा नेपालको नवराज श्रेष्ठ , नयाँ शक्ति दोलखा जिल्ला सदस्य सन्तोष राउत संघीय समाजवादी फोरम दोलखाका अध्यक्ष बिच्छी कुमार थामी , कालिञ्चोक गाविस सचिव तीर्थराज भन्डारी र विभिन्न सरकारी तथा गैर सरकारी कार्यालयको प्रतिनिधि लगायतले नामसालिङले गरेका कामहरु प्रति खुलेर प्रसंसा गरेका थिए ।

उनीहरुले दोलखामा सञ्चालित अन्य गैर सरकारी संघसंस्थाहरुलाई पनि नामसालिङको मोडेलमा कार्यक्रम सञ्चालन गर्न जिल्ला विकास समिति , दोलखालाई सुझाव दिएका छन् । नामसालिङले कालिञ्चोक गाविसमा भुकम्प पछिको एकिकृत सामुदायिक विकास कार्यक्रम अन्तर्गत ७०० घर धुरी लाई २० वाट क्षमाको सौर्य उर्जा, सुधारीएको फलामे चुलो, महिला शसक्तीकरण तथा जिविको पार्जन, गोठ सुधार योजना, सीलाई कटाई, करेसा बारी ब्यवस्थापन, नगदे बालि तथा कृर्षिबन सम्बन्धि कार्यक्रमहरु सञ्चालन गरीरहेको संस्थाका फिल्ड संयोजक राजन क्षेत्रीले बताएका छन् जस बाट दोलखाका बिकट मानीने उत्तरी गाँउ कालिञ्चोकका स्थानीय बासीहरु प्रत्यक्ष लाभान्वित भएको कालिञ्चोक गाविसका सचीव तिर्थराज भण्डारीले बताए । सचीव भण्डारीले नामसालिङ कालिञ्चोकमा प्रवेस गरेपछि राज्यका बिविधकार्यहरु सञ्चालन सम्बन्धि पनि कोसे ढुंगा साबित भएको बताएका हुन् । बैठकमा नामसालिङका कार्यक्रम संयोजक सुवोध निरौलाले आफुले कालिञ्चोकको भौगर्भिक अध्ययन गरी त्यहाँका सम्भावनाहरुको बारेमो बिस्तृत प्रतिवेदन समेत जिल्ला विकास समीती र स्थानीयतहमा बुझाई सकेको बताएका छन् । निरौलाले आफु भुगर्भको बिध्यार्थि भएकाले कालिञ्चोकमा प्रसस्त खनीज उद्योगहरुको सम्भावना रहेको स्पस्ट पारेका छन् । नामसालिङले अब कालिञ्चोकमात्र नभएर दोलखा उत्तरका अन्य गाविसहरु लापिलाङ, बाबरे, चिलंखा, आलम्पु लगायतका क्षेत्रमा दिगो बिकास योजना तथा अन्य छुटाछुटै बिषयहरुमा कार्यक्रमहरु सञ्चालन गर्ने कार्यकारी निर्देशक हिराकाजी घलेले बताए ।

Gaurishankar Post News