अभियानको रुपमा विकास हुदै गएको छ, छोटो समयमा नै नमुना वनाउन सकिन्छ

अभियानको रुपमा विकास हुदै गएको छ, छोटो समयमा नै नमुना वनाउन सकिन्छ

१६ अशोज २०७३, दोलखा- विगत १ वर्ष अघिदेखि दोलखाको उत्तरी गाउँ कालिञ्चोकमा एकिकृत सामुदायिक विकास सम्वन्धि कार्यक्रम सञ्चालन गरीरहेको इलामको एक गैरसरकारी संस्था नाम्सालिङ सामुदायिक विकास केन्द्रले कालिञ्चोकलाई नमुना गाविस वनाउनको लागि आवश्यक पुर्वाधार तयारीका लागि लागिपरेको थियो । भौगिलिकताको आधारमा पनि दोलखाको जिल्ला सदरमुकाम चरिकोटवाट लगभग ६५ कि.मि सुदर उत्तरतर्फ पर्ने कालिञ्चोक दोलखाका अन्य गाउँहरुको तुलनामा धेरै नै विकट मानिन्छ । यसै सन्दर्भमा गौरीशंकर पोष्ट अनलाईनले कालिञ्चोक नुमना बनाउन लागिपरेको

१) नाम्सालिङ सामुदायिक विकास केन्द्रका कार्यक्रम संयोजक सुवोध निरौलालाई सम्पर्क गरी नमुनाको अभियान कता पुग्यो भनि सोधेका थियौँ ।

धन्यवाद !  हामीले गत वर्षको भूकम्प पश्चात् अन्य संघसंस्था तथा निकायहरुले राहत कार्यक्रमहरुलाई निरन्तरता दिइराखेको अवस्थामा राहतलाई क्रमशः कम गर्दै समुदायलाई दिर्घकालीन रुपमा फाइदा पुग्ने गरी पुनस्र्थापना र पुननिर्माणलाई प्राथमिकतामा दिनुपर्दछ भन्ने मान्यताअुनरुप भूकम्प गएको ३ महिना पश्चात् नै एकीकृत सामुदायिक पुनस्र्थापना कार्यक्रम सुरु गरेका हौ. । यसै क्रममा एउटा दुर्गम र पछि परेको गाविसलाई नमूना गाविसको रुपमा पुनस्र्थापना गर्नुपर्छ भन्ने मान्यता अनुरुप कालिञ्चोक हालसम्म केही नमूना सूचकहरु हामीले हासिल गरिसकेका छौ । हाम्रो पहलमा कालिञ्चोक गाविसका सम्पूर्ण घरधुरीमा सुधारिएको दुइमुखे फलामे चुलो जडान भएर हाल सो गाविस घरभित्रको धुँवामुक्त गाविस घोषण भएको छ । गाविसका सम्पूर्ण घरधुरीमा वैकल्पिक उर्जा केन्द्रबाट मान्यताप्राप्त गुणस्तरको सोलारसिस्टम जडान भएको छ । जसले गर्दा सम्पूर्ण गाविसलाई अध्याँरो मुक्त र नवीकरणीय उर्जायुक्त पारिएको छ । त्यसगरी भूकम्प पश्चात् पुननिर्माण लाई प्राथमिकतामा राखी दोलखा जिल्लामा पहिलो आवधिक गाँउ विकास योजना प्राप्त गर्ने गाविस पनि कालिञ्चोक गाविस नै हुन गएको छ । कालिञ्चोक गाविसमा भत्किएका सौचालय निर्माण सहयोगको गरी यस गाविसलाई खुल्ला दिसामुक्त गाविस बनाउन पहल गर्ने गरी तयारी भइरहेको छ । अब आगामी दिनहरुमा सो गाविसको आर्थिक सामाजिक अवस्थामा उल्लेख्य प्रगति हुने गरी कार्यक्रमहरु संचालन गर्ने तयारीमा छौं । । यहाँ बालबालिका तथा महिलाको क्षेत्रमा कार्यरत तथा हाम्रो स्थानीय साझेदार संस्था टुकी÷सिविन लगायत अन्य संघसंस्था  सँगकोे समन्वयमा गाविसलाई बालमैत्री गाविसको रुपमा विकास गर्ने तथा बालमैत्री स्थानीय साशन तथा वातावरणमैत्री स्थानीय शासनलाई स्थापित गर्न समेत हाम्रो  पहल रहने छ ।

२) सरकार पुर्ननिर्माणको अभियानमा छ कालिञ्चोक लगायत आसपासका गाविसमा तपाईहरुको भुमिका के हुन्छ ?
ड्ड सरकार पुनर्निर्माणको एउटा ठूलो अभियानमा व्यापक धनराशि र लामो योजनासहित पुननिर्माण प्राधिकरण मार्फत लागेको छ । यस अभियानमा हामी एउटा गैह्र सरकारी संस्थाको हैसियतमा आफ्नो भूमिका खेल्दै आएका छौं र भविष्यमा पनि साथै रहने छौं । आवास निर्माण बाहेको अन्य सामााजिक आर्थिक पुनर्निमाण को अभियानमा हामी विगत एक वर्ष देखि नै लागि रहेका छौं । हाम्रो पुनर्निमाणको काम मानिसहरुको भत्केको आर्थिक सामाजिक अवस्थालाई सहज बनाउन सहयोग गर्ने नै हो ।

३) कृषि पशु, लगायतका कार्यक्रमहरु पनि सञ्चालनमा छन् भन्ने सुनिन्छ त्यतातर्फ चाँही के के प्रगति भइरहेको छ ?
ड्ड हामीले कालिञ्चोक गाविसका मानिहरुको कृषि र खाद्य सुरक्षा अवस्थाको अवस्थालाई निकै नै कमजोर रुपमा पायौं । महिला तथा बालबालिकाको स्वास्थ्य र पोषणको अवस्था राम्रो छैन ।तसर्थ उनीहरुको यस अवस्थालाई सहयोग हुनेगरी व्यवस्थित पशुपालनको सुरुवात स्वरुप नौ वटै वडामा गरी ७६ वटा नमूना सुधारिएको गोठहरु निर्माण गरेका छौं, त्यसैगरी ती गोठहरुमा उन्नत तथा व्यवसायिक रुपमा पशुपालन सहयोग, उन्नत जातका घाँस तथा बोटबिरुवा रोप्ने काम तथा एग्रो फरेस्ट्रीको नमूना विकास गर्ने, उन्नत जातका पशु सहयोग, साथसाथै तालिम हरु समेत नियमित रुपमा हाम्रा कृषि समूहहरु मार्फत गर्दै आएका छौं ।साथै हाम्रा नौ वटै वडाका कृषि र महिला समूहहरु मार्फत करेशाबारी प्रवर्धन, बीउ, प्लाष्टिक टनेल आदि सहयोग गर्र्दै आएका छौं । यसबाहेक यस क्षेत्रमा दिगो तथा व्यवसाहिक कृषि प्रवर्धन गर्न उच्च मूल्य भएका अम्रिसो, अलैैची, चिरैतो लगायतकाको खेती बिस्तारका लागि बीउ,प्रविधि र सीप पनि हस्तान्तरण गर्ने उद्देश्यले इलाम जिल्लाका अग्रज कृषकहरुलाई ल्याएर गाँउमै राखी कृषक सिकाइ आदानप्रधान कार्यक्रमहरु पनि संचालन गर्दै आएका छौं । भविष्यमा यहाँका कृषकहरुलाई पनि इलामका गाँउ गाउँमा लगी त्यहाँको व्यवसायिक कृषिलाई दोलखा जिल्लामा भित्र्याउने किसिमका कार्यक्रमहरु राखेका छौं ।

४) कहिलेसम्म तपाँईहरुको नमुना गाविसको रुपमा कालिञ्चोकलाई देख्न सकिन्छ ?
ड्ड हामी कालिञ्चोक गाविसलाई परिवर्तको एउटा अनुभूति हुने अवस्था सम्म पुर्याउने लक्ष्यका साथ अघि बढेका छौं । यो हाम्रो एकल प्रयासले मात्र पनि संभव हुने कुरा होइन । सम्पूर्ण स्थानीयबासी तथा दोलखा जिल्लाका सम्पूर्ण क्षेत्रबाट हामीलाई सहयोग हुने हो भने आउने ३÷४ वर्षभित्रमा हामी यस गाविसलाई एउटा नमूना गाविसको रुपमा अघि ल्याउन सक्छौं ।

५) नमुना वनाउन सरकारी तवरवाट कस्तो सहयोगको अपेक्षा गर्नुभएको छ ?
ड्ड मैले अघि नै भने यो हाम्रो एक्लो प्रयासले मात्र संभव हुने कुरा होइन तर यदि स्थानीय तथा जिल्ला स्तरका सम्पूर्ण सरोकारवाला, राजनैतिक दल, सरकारी निकाय, गैह्रसरकारी संघसंस्था, पत्रकार, नागरिक समाज र आम जिल्लाबासीबाट हामीलाई सल्लाह, सुझाव र हौसला दिनु भयो भने हामीलाई यो साझा अभियानमा अघि बढ्न झन सजिलो हुन्छ । सरकारी स्तरबाट आवस्यक सहजीकरण, अनगुमन, सहयोग तथा समन्वय हाम्रा लागि अपरिहार्य छ ।

६) नमुना बनाउन कालिञ्चोकमा देखा परेका त्यस्ता केहि चुनौतिहरु छन् ?
ड्ड कालिञ्चोक गाविस आफैंमा दुर्गम र चेतनाको हिसाबले निकै पछाडि छ । हामी गैह्रसरकारी संस्थाको काम नै समुदायलाई अघि बढाउनु भएकोले यसलाई हामीले चुनौति भन्दा पनि अवसरको रुपमा बुझेका छौं । हामीसँग भएका स्रोत साधनको उपलब्धताको बीचमा समुदायलाई निरन्तर खबरदारी गरिराख्नुपर्ने बाध्यता हाम्रा चुनीतको विषय हुन सक्लान् तर हाम्रो यो सपना क्रमश ः साझा अभियानको रुपमा विकसित हुदै गएको हामीले अनुभव गरेका छौं जुन हाम्रा लागि सुखद छ ।

७) कालिञ्चोक मात्रै नभएर आसपासका अन्य गाविसका केहि कार्यक्रम विस्तार गर्ने चर्चा थियो, के भैरहेको छ ?
ड्ड हामीले अहिले कालिन्चोक गाविसलाई केन्द्रमा राखेर आसपासका केही गाविसहरुमा पनि यस प्रकारको कार्यक्रम बिस्तार गर्ने गरी दाता समक्ष आफ्नो प्रस्ताव पेश गरेका छौं । सोही परिप्रेक्ष्यमा यस वर्ष सन् २०१६ को कार्यक्रम मा थप २ छिमेकी गाविस बाबरे तथा लापिलाङ गाविसको आवधिक गाँउ विकास योजना तर्जुमाको कार्यक्रम अघि बढाएका छौं । आगामी सन् २०१७ बाट थप अन्य २ गाविस हुने गरी कूल ४ थप गाविसमा कार्यक्रम अघि बढाउने लक्ष्य राखेका छौं ।
अन्त्यमा, हामीलाई यस दोलखा जिल्लामा सधै सल्लाह, सुझाव प्रदान गरिदिनु हुने सम्पूर्ण जिल्लाबासी, संघसंस्था तथा निकायहरु, राजनैतिक दलहरु, पत्रकारहरु, बुद्दिजिवीहरु सम्पुर्णलाई मेरो व्यत्तिगत र समग्र नामसालिङ सामुदायिक विकास केन्द्रको तर्फबाट हार्दिक धन्यवाद तथा आउदै गरेको महान चाड विजया दशमीको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्न चाहन्छु ।

Interview article by Gaurishankar Post